तयारी नपुगेको भन्दै एमाले कोशीको नयाँ नेतृत्व चयनका लागि मतदानको समय ५ बजे सारियो

तयारी नपुगेको भन्दै एमाले कोशीको नयाँ नेतृत्व चयनका लागि मतदानको समय ५ बजे सारियो

काठमाडौं : एमाले कोशीको प्रथम प्रदेश अधिवेशनमा मतदानको समय साँझ ५ बजेका लागि सारिएको छ।

आवश्यक तयारी नपुगेको भन्दै यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिएको मतदान साँझ ५ बजेको लागि सारिएका प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको उनले जानकार दिए। एमालेको कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि घनश्याम खतिवडा र विनोद ढकाल चुनावी मैदानमा छन्। 

यस्तै, उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्।  सचिवमा शैलेश लामा र राजकुमार भण्डारी भिड्दैछन्। 

असोज १४, २०८० आइतबार १६:१२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।