विद्यालय शिक्षा विधेयक संसदमा पेस

विद्यालय शिक्षा विधेयक संसदमा पेस

काठमाडौं : सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा पेस गरेको गरेको छ। 

शिक्षामन्त्री अशोक राईले आइतवार विधेयक संसदमा पेस गरेका हुन्। विधेयकबारेमा फरक मत राख्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय ब्युताउन खोज्नु गलत भएकाे बताए।

उनले आधारभूत र माध्यमिक शिक्षालाई पालिका मातहत नै राखिनुपर्ने माग गरे।

शिक्षामन्त्री राईले विधेयकमा सरोकारवालाले राखेका केही माग समेटेको र शिक्षक आन्दोलन लगायतबाट आएका मागलाई संसदले समेट्ने बताए।

१४ असोज, २०८०, १५:१२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।