काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात, दुई जना पक्राउ

काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात, दुई जना पक्राउ

काठमाडौं : राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

आइतबार काठमाडौँ मेडिकल कलेजका डाक्टर मनिष खड्कामाथि हातपात  गर्ने गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। 

उनका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो।  बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै  आफूमाथि कुटपिट भएको खड्काले बताएका छन्। 

डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको बताइएको छ। 

असोज १४, २०८० आइतबार १५:०३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।