सधैँ घाटामा जाने निगमसँग बोनस बाँड्ने पैसा कहाँबाट आयो ? : रवि लामिछाने

सधैँ घाटामा जाने निगमसँग बोनस बाँड्ने पैसा कहाँबाट आयो ? : रवि लामिछाने
फाईल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सधैँ घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घाटामा जाने निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको टिप्पणी गर्दै प्रश्न उठाए।

उनले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य वृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाए।

बैठकमा उनले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति समेत जनाए।

असोज १४, २०८० आइतबार १४:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।