पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं : नेपाल आयल निगमले आज (आइतबार) मध्यराति देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य घटाइएको निगमले जनाएको छ।

मूल्य वृद्धिलाई मूल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरि मूल्य वृद्धि फिर्ता लिइएको  निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

असोज १४, २०८० आइतबार १४:४२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।