कपिलवस्तुबाट साढे ६ क्विन्टल रक्तचन्दन बरामद

कपिलवस्तुबाट साढे ६ क्विन्टल रक्तचन्दन बरामद

कृष्णनगर : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आइतबार बिहान साढे ६ क्विन्टल रक्तचन्दन बरामद गरेको छ। 

रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-३ का टीकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका-३ का नीमबहादुर नेपाली रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। 

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो एक सय ५० ग्राम रक्तचन्दन बुद्धभूमि नगरपालिका-१ पत्थरकोटबाट नियन्त्रणमा लिइएको हो।

रक्तचन्दन  ढुवानीमा प्रयोग गरिएको लु २ च १६३९ नम्बरको बोलेरो जीप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

असोज १४, २०८० आइतबार १२:३८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।