प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रचण्डले अहिले १२:३० बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनका लागि निर्णय हुने बताइएको छ।

प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच यस विषयमा भएको छलफल सकारात्मक भएको जनाइएको छ। 

आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको हो।

साथै बैठकमा चाडबाडको मुखमा भएको पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्यवृद्धिको विषयमा पनि छलफल हुने बताइएको छ।

असोज १४, २०८० आइतबार १२:२९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।