देशको युवा शक्ति विदेशिए, घर-घरमा ज्येष्ठ नागरिक मात्र बाँकी : राष्ट्रपति पौडेल

देशको युवा शक्ति विदेशिए, घर-घरमा ज्येष्ठ नागरिक मात्र बाँकी : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहेका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने बताएका छन्।

३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिंदै उनले देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर–घरमा ज्येष्ठ नागरिकमात्र बाँकी रहेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, हित र कल्याणका लागि अब राज्यस्तरबाटै सोच्ने बेला भइसकेको बताए।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्नसके आर्थिक समृद्धि तथा सामाजिक सदासयता कायम गर्न ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे।

उनले ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी बाजेबज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने पूर्वीय दर्शनमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरे।

असोज १४, २०८० आइतबार १२:०४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।