चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डले बोलाए सात दलीय बैठक

चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डले बोलाए सात दलीय बैठक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात दलको बैठक बोलाएका छन्। 

चीन भ्रमणबाट फर्किएलगत्तै नेपाली कांग्रेस, एमाले र माओवादीसहितका सात दलको बैठक बिहान ११ बजे बोलाएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

प्रधानमन्त्री प्रचण्डले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरुसँग छलफल थालेका छन्। 

त्यसका लागि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तौलालगायतका नेताहरु बालुवाटार पुगेका छन्।

असोज १४, २०८० आइतबार ११:०१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।