एमालेको कोशी प्रदेश नेतृत्वका लागि आज चुनाव

एमालेको कोशी प्रदेश नेतृत्वका लागि आज चुनाव

काठमाडौं : एमालेको कोशी प्रदेश नेतृत्वका लागि आज (आइतबार) चुनाव हुँदैछ। अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच भिडन्त हुने भएको छ।

प्रदेशको उपाध्यक्ष पदका लागि भने टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा उनीविरुद्ध उम्मेदवारी परेन।

त्यसैगरी सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ। दुई उपसचिव पदका लागि भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीबीच प्रतिस्पर्धा हुँदैछ।

दिउँसो १२ बजेपछि निर्वाचन हुने बताइएको छ।

असोज १४, २०८० आइतबार ०९:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।