आज प्रतिनिधि सभाको बैठक, विद्यालय शिक्षा विधेयक पेस गरिंदै

आज प्रतिनिधि सभाको बैठक, विद्यालय शिक्षा विधेयक पेस गरिंदै

काठमाडौं : आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा  शिक्षा विधेयक पेस गरिंदै छ।

शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहेको छ। उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित सूचीमा उल्लेख छ।

आज सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पनि पढेर सुनाउने उल्लेख छ।

असोज १४, २०८० आइतबार ०८:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।