माल्दिभ्सविरुद्ध नेपालको निकै खराब सुरुवात, ६७ रनमा ४ विकेट गयो

माल्दिभ्सविरुद्ध नेपालको निकै खराब सुरुवात, ६७ रनमा ४ विकेट गयो

काठमाडौं : नेपालले एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सविरुद्ध निकै खराब सुरुवात गरेको छ। ९.३ ओभरमा ६७ रन जोड्ने क्रममा नेपालले ४ विकेट गुमाइसकेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले सातौं ओभरमा ५४ जोड्ने क्रममा दुवै ओपनरलाई गुमाएको थियो।

जहाँ ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका थिए भने कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए। 

यसपछि आएका विनोद भण्डारी १४ बलमा १३ रन जोड्दै आउट भए। लगत्तै सन्दीप जोरा पनि ८ रनमा आउट भएपछि नेपालको इनिङ धरापमा पर्यो।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको थियो। जहाँ नेपालले मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको थियो।

असोज १४, २०८० आइतबार ०७:४०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।