नेपाल माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै
काठमाडौं : नेपालले चीनमा जारी एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
समूह चरणको दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे।
नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको थियो। जहाँ नेपालले मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको थियो।
यो खेलमा जित निकाल्न सके नेपालले क्वाटरफाइनलमा स्थान बनाउनेछ। क्वाटरफाइनल पुगे भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकामध्ये एक टेस्ट टोलीसँग नेपालले खेल्नुपर्ने हुन्छ।
असोज १४, २०८० आइतबार ०७:०६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।