एसियाली खेलकुदमा नेपालले आइतबार विहान माल्दिभ्ससँग खेल्ने
काठमाडौं : नेपालले चीनमा जारी १९औं एसियाली खेलकुदमा आइतबार विहान माल्दिभ्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार विहान ६ः४५ मा हुनेछ।
नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ।
माल्दिभ्सले दोस्रो रोजाइको टोली चीन पठाएको छ। पहिलो रोजाइको टोली कतारमा आइसीसी टी–२० विश्वकप एसिया रिजनल छनोट ए खेल्न गएको छ।
माल्दिभ्ससँग जित निकाल्न सके नेपालले क्वाटरफाइनलमा स्थान बनाउनेछ। क्वाटरफाइनल पुगे भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकामध्ये एक टोलीसँग खेल्नुपर्ने हुन्छ।
असोज १३, २०८० शनिबार २२:२१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।