उकेरा टप फाइभ : हिरासत बस्न नमानेका अनमोललाई अस्पतालको व्यवस्थादेखि डेण्टल सर्जनको उपचार अनुभवसम्म

उकेरा टप फाइभ : हिरासत बस्न नमानेका अनमोललाई अस्पतालको व्यवस्थादेखि डेण्टल सर्जनको उपचार अनुभवसम्म

काठमाडौं : शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर स्वदेश फर्किए। राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका उनी त्यतैबाट चीन गएर शनिबार बिहान देश फर्किएका हुन्। उनले चीन भ्रमणको सफल भएको दाबीसमेत गरे।

यस्तै, शनिबार पनि एमालेको प्रदेश अधिवेशन जारी रह्यो। बागमतीको प्रदेश समिति टुंगो लगाएको एमालेले कर्णाली र कोशीमा अझै टुंगो लगाउन सकेन। कोशीमा आइतबार मतदानको कार्यतालिका प्रस्तुत गरिएको छ भने कर्णालीमा भने मतदान जारी छ।

शनिबारै सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ र सरकारबीच ६ बुँदे सहमति भएको हो। सहमतिसँगै उनीहरू आन्दोलन फिर्ता गरेर काममा फर्किने भएका छन्।

अब लागौँ उकेरा टप फाइभतर्फः
शनिबार बिहानै उकेराले आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी प्रहरी हिरासतमा बस्न नमानेपछि प्रहरीले चिरायु अस्पताल महाराजगन्जमा लगेर राखेको समाचार लेख्यो। अनमोल हिरासतमा बस्न नमानेपछि प्रहरीले नै खोजेर बेलुका साढे ११ बजेतिर महाराजगन्जको चिरायु अस्पतालमा लगेर भर्ना गरेको हो।
पूरा समाचारः अनमोल प्रहरी हिरासतमा बस्नै नमानेपछि चिरायु अस्पतालमा राखियो

दिउँसो नै उकेराले ‘आर्थिक मन्दी’का कारण बजार चलायमान हुन नसकिरहेको बताइरहँदा रुपन्देहीमा भने ठूला लगानीका व्यावसायिक प्रतिष्ठान सञ्चालन हुने क्रम बढेको समाचार लेख्यो। रुपन्देहीमा पछिल्लो एक महिना यता अर्बौं रुपैयाँका ठूला व्यावसायीक प्रतिष्ठानहरू सञ्चालनमा आएका छन्।
पूरा समाचारः प्रतिफल पाइने आशामा ‘आर्थिक मन्दी’ मा पनि लगानी गर्न नडराउनेहरू

अपरान्ह उकेराले नियमित स्तम्भ डाक्टरका सुखदुख प्रस्तुत गर्यो। जसमा ओम अस्पतालमा मेडिकल डाइरेक्टरको रूपमा कार्यरत सिनियर कन्सल्टेण्ट डेण्टल सर्जन डा. हरिश जोशीले आफ्ना उपचार अनुभव उकेरासँग साटे।
पूरा समाचारः डा. हरिशको उपचार अनुभवः यता बच्चाको दाँत फुक्लियो, उता आमा गर्ल्याम्मै ढलेर बेहोस भइन्

र साँझपख उकेराले एक दशकभन्दा लामो समयदेखि नेपाली लोक तथा आधुनिक गीत संगीतमा अनवरत सक्रिय गायिका सीता केसीको प्रिय दश सुर प्रकाशित गर्यो। जसमा उनले आफूलाई मनपर्ने आफ्ना पाँच र अरुका पाँच गीत रोजेकी छन्।
पूरा समाचारः सीता केसीको प्रिय १० सुरः ‘मलाई अमेरिका यहि’ गीत नगाएको भए पलायन भइसकेको हुन्थेँ

राति उकेराले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको समाचार लेख्यो। भारतबाट इन्धनको मूल्य बढेर आएसँगै शनिबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
पूरा समाचार: पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य २१५ रुपैयाँले वृद्धि

असोज १३, २०८० शनिबार २१:४७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।