पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य २१५ रुपैयाँले वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य २१५ रुपैयाँले वृद्धि

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

भारतबाट इन्धनको मूल्य बढेर आएसँगै शनिबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

सरकारले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाउँदा खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २१५ रुपैयाँ बढाएको छ।

योसँगै काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य लिटरको १८५ रुपैयाँ, डिजेल/मट्टितेलको मूल्य १७९ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २ हजार ११० रुपैयाँ पुगेको छ।

निगमले हवाई इन्धनको मूल्य पनि लिटरमा ८ रुपैयाँले बढाएको छ। आन्तरिकतर्फ १४४ रुपैयाँ प्रतिलिटर पुग्दा अन्तर्राष्ट्रियतर्फ १.०३५ डलर प्रतिलिटरबाट १.०९५ डलर प्रतिलिटर पुगेको छ।

असोज १३, २०८० शनिबार २१:०९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।