तमादी खोलाले जीप बगाउँदा तीन जना बेपत्ता, ड्राइभर हाम फाले

तमादी खोलाले जीप बगाउँदा तीन जना बेपत्ता, ड्राइभर हाम फाले

पर्वत : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन्।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो।

चार जना सवार उक्त जीपमा ड्राइभर भने हाम फालेका छन्। जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ।

घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन्। शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो। सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो।

असोज १३, २०८० शनिबार २०:४५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।