दुई केजीभन्दा बढी सुनजस्तो देखिने अर्ध ठोस पदार्थसहित फिलिपिन्सकी नागरिक पक्राउ

दुई केजीभन्दा बढी सुनजस्तो देखिने अर्ध ठोस पदार्थसहित फिलिपिन्सकी नागरिक पक्राउ

काठमाडौं : दुई केजी ७२० ग्राम सुनजस्तो देखिने अर्ध ठोस पदार्थसहित फिलिपिन्सकी ३० वर्षीया नागरिक पक्राउ परेकी छन्।

फिलिपिन्सकी अर्बिकोन एरोन्स मानालाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी उनले उक्त परिमाणको पदार्थ भन्सार छलि लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त गौशलामा राखिएको छ।

असोज १३, २०८० शनिबार १७:३६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।