जीडब्लूएमको ‘टेस्ट ड्राइभ र एक्स्चेन्ज क्याम्प’ जारी
काठमाडौं : नेपालमा जीडब्लुएम सवारी साधनको आधिकारिक वितरक भीजी इम्पेक्सले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ।
कम्पनीले नीडब्लूएमका एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरूका लागि क्याम्प सञ्चालन गरेको हो।
असोज १२ गतेदेखि काठमडौंको थापाथली र भक्तपुर शोरुममा सुरु भएको क्याम्प आगामी १८ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म चल्नेछ।
यस क्याम्पले उत्साहीहरूलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका दिनेछ।
ग्राहकले यस क्याम्पमार्फत जीडब्लुएम लाइनअपको अनुभव लिँदै विभिन्न आकर्षक उपहाररूसमेत पाउनेछन्।
कम्पनीले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले ‘रेट्रो–मोर्डनिस्टिक’ डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्त रूप दिएको उसको दाबी छ।
असोज १३, २०८० शनिबार १७:००:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।