भक्तपुरमा प्यारामाउन्ट मोटर्सको शोरुम विस्तार
काठमाडौं : एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्घाटन गरेको छ।
यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स बृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीले जनाएको छ। नयाँ शोरुम भक्तपुरको गठ्ठाघर खोल्दै एमजीले नेपालभर फैलिएका १३ वटा आउटलेटहरू भएको छ।
नयाँ शोरुमको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले शोरुम उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने आफूहरूको प्रतिबद्धतालाई प्रष्ट पारेको बताए।
हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन्। यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पु¥याउने लक्ष्य राखेको छ।
आफ्ना सेवाग्राहीहरुको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरू मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ।
यी स्थानहरूमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरू स्थापना गरिने जानकारी दिएको छ।
त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन्।
असोज १३, २०८० शनिबार १६:५१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।