मेलम्चीमा हाम फालेका गजुरेलको शव भेटियो

मेलम्चीमा हाम फालेका गजुरेलको शव भेटियो

काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ फट्टेस्थित बाटोको छेउमा लगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

सोही जिल्लाको हेलम्बु गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-६ महांकाल बस्दै आएका ६४ वर्षीय विष्णुप्रसाद गजुरेल असोज ११ गते उक्त खोलामा हाम फाली बेपत्ता भएका थिए।

घटनाबारे जानकारी पाउनेबित्तिकै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमाण्डमा सुरक्षा फौज खटिएको थियो।

गजुरेलको शव मेलम्चीको ढकालखहरेस्थित ईन्द्रावती खोलाको बीच भागमा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।

असोज १३, २०८० शनिबार १४:१२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।