भारतको ‘रियल टाइम मार्केट’मा विद्युत बेच्न नेपाल विद्युत प्राधिकरणले पायो अनुमति

भारतको ‘रियल टाइम मार्केट’मा विद्युत बेच्न नेपाल विद्युत प्राधिकरणले पायो अनुमति

काठमाडौं : भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार नेपाल विद्युत प्राधिकरणलाई ‘रियल टाइम मार्केट’मा विद्युत बिक्री गर्न स्वीकृति दिएको हो।

नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ।

भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टा अघि नै त्यस्तो प्रक्रिया पूरा गरी विद्युत बिक्री गर्न पाउने भएको हो। 

यसअन्तर्गत उत्पादन अनुसार प्राधिकरणले सवा घण्टाअघि ‘बिडिङ’ गरी भारतीय बजारमा विद्युतको कारोबार गर्न पाउनेछ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९.४  मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी जलविद्युत आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ। 

असोज १३, २०८० शनिबार १३:४९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।