एसियाडमा पदकको आशा गरिएको पब्जीमा सेमिफाइनलबाट बाहिरियो नेपाली

एसियाडमा पदकको आशा गरिएको पब्जीमा सेमिफाइनलबाट बाहिरियो नेपाली

काठमाडौं : चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ।

आज (शनिबार) बिहान हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईभन्दा पछि रह्यो। नेपाल तेस्रो हुँदा जापानलाई भने पछि पारेको थियो।

फाइनल पुगेको भए नेपालको एउटा पदक पक्का हुने थियो। तर यो हारले पदको आशा गरिएको पब्जीले पदक तालिकामा नेपालको खाता खोल्न सकेन।

यसअघि शुक्रबार आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको थियो। नेपाली टोलीमा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई रहेका छन्।

असोज १३, २०८० शनिबार ११:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।