अमेरिका र चीनको भ्रमण सकेर प्रचण्ड स्वदेश फर्कंदै

अमेरिका र चीनको भ्रमण सकेर प्रचण्ड स्वदेश फर्कंदै

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फिर्ता हुँदै छन्।

प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार छेन्दुबाट नेपाल फर्किन लागेको हो।

नेपाली टोलीलाई छेन्दुमा सिचुवान प्रान्तका उपगभर्नर याङ चिनफिङ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूले छेन्दु विमानस्थलमा विदाइ गरे।

न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रचण्ड उताबाट सिधै प्रतिनिधिमण्डल सहित चीनको औपचारिक भ्रमणमा गएका थिए।

असोज १३, २०८० शनिबार ०९:४५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।