सोह्र श्राद्ध आजदेखि

सोह्र श्राद्ध आजदेखि

काठमाडौं : आज (शनिबार)देखि सोह्र श्राद्ध सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा पितृका लागि श्राद्ध गर्ने परम्परा छ।

चाडपर्व, यज्ञ तथा ठूला कार्य गर्नुअघि पहिले पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्परा रहि आएको छ। जसअनुसार हिन्दूहरूको दुई ठूला चाड दशैं तिहार अगाडि पितृहरूलाई खुसी पार्न सोह्रश्राद्ध गरिने मान्यता छ।

पितृ पक्षको आज पहिलो दिन नै प्रतिपदा र द्वितीया श्राद्ध गर्नुपर्ने तिथि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ।

असोज १३, २०८० शनिबार ०८:३७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।