पाकिस्तानले दिएको ३४६ रनको विशाल लक्ष्य सजिलै भेट्टायो न्युजिल्यान्डले

पाकिस्तानले दिएको ३४६ रनको विशाल लक्ष्य सजिलै भेट्टायो न्युजिल्यान्डले

एजेन्सी : ३४६ रनको विशाल लक्ष्य सजिलै पुरा गर्दै विश्वकपको वार्मअप खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

जितको लागि पाएको यो विजयी लक्ष्य न्युजिल्यान्डले ४३.४ ओभरमै मात्र ५ विकेट गुमाउँदै पुरा गर्यो।

हैदराबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ४५ रन बनाएको थियो।

जसका लागि मोहम्मद रिजवानले ९४ बलमा ५ चौका र ४ छक्कासहित १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए। त्यसैगरी कप्तान बाबर आजमले ८० रनको योगदान दिए भने साउद सकिलको ७५ रन जोडे।

तर रिजवानको शतक खेर गयो। ओपनर रचिन रविन्द्रले ७२ बलमा १६ चौका र १ छक्कासहित सर्वाधिक ९७ रनको योगदान दिएपछि न्युजिल्यान्डले ३८ बल खेल्नु अगाडि नै लक्ष्य भेट्टायो।

त्यसैगरी मार्क च्यापम्यानले अविजित ६५ रन जोडेका थिए।

असोज १३, २०८० शनिबार ०७:४७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।