आजको मौसम : कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज १३, २०८० शनिबार ०७:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।