कैलाश ढुङ्गेल बने एमाले बागमती प्रदेशको अध्यक्ष

कैलाश ढुङ्गेल बने एमाले बागमती प्रदेशको अध्यक्ष

काठमाडौं : एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन्। एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेललाई निर्वाचित गरेको हो।

गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गरे।

त्यसैगरी उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन्। 

अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२ रहेकामा एक हजार एक सय ३१ जनाले मतदानमा भाग लिएका थिए।

असोज १३, २०८० शनिबार ०७:१४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।