पाकिस्तानको टिभी शोमा अतिथिहरूबीच कुटाकुट, भिडियो भाइरल

पाकिस्तानको टिभी शोमा अतिथिहरूबीच कुटाकुट, भिडियो भाइरल

एजेन्सी : पाकिस्तानको निजी टिभी च्यानल ‘एक्सप्रेस न्युज’को प्राइम टाइम टक शोका क्रममा भएको झगडाको भिडियो क्लिप भाइरल भएको छ।

भाइरल भएको भिडियो क्लिपमा कार्यक्रमका अतिथिहरू आपसमा झगडा गर्न थालेको र दुवैबीच हानाहान सुरु भएको देख्न सकिन्छ।

यी दुई अतिथिहरू पाकिस्तान मुस्लिम लिग (नवाज)का सांसद डा. अफनानुल्लाह खान र इमरान खानको पार्टी पाकिस्तान तरिक ई–इन्साफ (पीटीआई) कोर कमिटी सदस्य तथा वकिल शेर अफजल खान मारवत हुन्।

कार्यक्रम प्रत्यक्ष प्रसारण भने थिएन। बुधबार रेकर्ड भएको कार्यक्रमको क्लिप बिहीबार रातिदेखि सामाजिक सञ्जालमा भाइरल बनेको हो।

सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले स्टुडियोमा भएको झगडाको आलोचना गरिरहेका छन् भने केहीले एन्करको भूमिकामाथि प्रश्न उठाइरहेका छन्।

भएको के हो?
कार्यक्रममा पीएमएल-एन नेता डा. अफनानुल्लाह खान र इमरान खानको पार्टी पीटीआईका शेर अफजल खान मारवत एकअर्काको राजनीतिक नेतृत्वको चरित्रमाथि प्रश्न उठाउँछन्।

त्यसपछि विवाद बढ्दै जान्छ र उनीहरूले एकअर्काप्रति मौखिक तर्कवितर्क गर्छन्। त्यसमा कार्यक्रमका एन्कर जावेद चौधरीले हस्तक्षेप गर्ने प्रयास गरेको पनि देख्न सकिन्छ।

त्यही समयमा अफजल खान मारवत आफ्नो सिटबाट उठ्छन् र डाक्टर अफनानुल्लाह खानलाई थप्पड हान्छन्। त्यसपछि अफनानुहल्लाह खानले उनको थप्पड रोक्न खोज्छन् र थप झगडा हुन्छ। त्यसक्रममा एन्कर जावेद चौधरीले उनीहरूलाई सम्हाले प्रयास गर्छन्।

बुधबार रेकर्डिङपछि उक्त कार्यक्रम टिभीमा पनि प्रसारण भएको थियो। तर टिभीमा भने झगडाको दृश्य काटिएको थियो।

जावेद चौधरीको कार्यक्रममा यस्तो भएको यो पहिलो पटक भने होइन। यसअघि पनि २०२१ जुनमा आफ्नो एउटा कार्यक्रममा तत्कालीन पीटीआई नेता फिरदौस आशिक अवानले पीपीपी नेता कादिर मण्डुखेललाई थप्पड हानेका थिए।

 

PTI lawyer Sher Afzal Marwat and PML-N Senator Afnanullah Khan exchange blows on live TV in Pakistan; video goes viral

For more videos, visit: https://t.co/AXC5qRuO3J pic.twitter.com/8d42Rb7rxO

— WION (@WIONews) September 28, 2023

असोज १२, २०८० शुक्रबार २०:२४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।