इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको संख्या १७० पुग्यो

एजेन्सी : नागोर्नो-काराबाखको इन्धन डिपोमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेका छन्।
अजरबैजानी सैन्य आक्रमणबाट ज्यान जोगाउन भागेका तथा कैयौं दिनपछि खुलेको इन्धन डिपोमा तेल किन्न गएका आर्मेनियालीहरूको विष्फोटमा मृत्यु भएको काराबाख क्षेत्रका अधिकारीहरूले जनाएका छन्।
आफ्नो मोटरमा तेल भरेर गन्तव्यतर्फ हिँडेका उनीहरूको जीवन इन्धन डिपोमा नै समाप्त भयो।
नागोर्नो–काराबाख क्षेत्रका पृथकतावादी लडाकुहरूलाई निःशस्त्र गर्ने र अजरबैजानसँग एकीकरण गर्ने घोषणा गरेको भोलिपल्ट विस्फोट भएको हो। घटनामा अन्य दुई सय जना घाइते भएका छन्।
काराबाख अधिकारीहरूका अनुसार कैयौंको शव पहिचान गर्नसक्ने अवस्थामा नरहेकाले ती अर्मेनियाको फोरेन्सिक मेडिकल जाँच ब्यूरोलाई हस्तान्तरण गरिएको छ।
असोज १२, २०८० शुक्रबार १९:४०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।