स्विट्जरल्यान्ड पुगेर प्यारको चर्चा गर्दै भुवन र जिया
काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र अभिनेत्री जिया केसीको विवाह हुने हल्ला चलेका लामै समय भइसक्यो। तर, अहिलेसम्म उनीहरूले विवाह गरेको भन्ने खबर आएको छैन।
यद्यपि पछिल्लो एक वर्षदेखि भने उनीहरूले सम्बन्धका बारेमा भने खुलेर बोल्न थालेका छन्।
गत वर्ष अमेरिका पुगेर भुवन केसीले आफूहरूले छिट्टै विवाह गर्न लागेको बताए। तर कहिले भन्ने प्रश्नमा ‘समय आएपछि’ भन्ने रेडिमेड जवाफ दिए।
त्यसपछि भने उनीहरूले सँगै सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरू राख्न थाले। हालै मात्रै भुवन र जिया घुमघामका लागि युरोप निस्किएका छन्।
केहीदिनअघि दुवई हुँदै जर्मनी पुगेका उनीहरू अहिले स्विट्जरल्याण्डको भ्रमण सकेर इटली पुगेका छन्। उनीहरूले त्यहाँबाट आफ्ना प्रशंसकका लागि भन्दै सामाजिक सञ्जालमा तस्बिर र भिडियोसमेत राखेका छन्।
बुधबार जियाले भुवनसँग बलिउड फिल्म ‘ब्रह्मचारी’मा समावेश ‘आजकल तेरे मेरे प्यार के चर्चे...’ गीतमा टिकटक बनाएर पोस्ट गरिन्। जहाँ दुवैजना रोमान्टिक मुडमा देखिए।
असोज १२, २०८० शुक्रबार १८:१६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।