विश्वकपअघिको अभ्यास खेलमा न्यूजिल्याण्डविरुद्ध रिजवानको शतक
काठमाडौं : विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा न्यूजिल्याण्डविरुद्ध पाकिस्तानी ब्याटर मोहम्मद रिजवानले शतक प्रहार गरेका छन्।
भारतको हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानका लागि रिजवानले शतक प्रहार गरेका हुन्।
उनले ९३ बलमा ९ चौका र २ छक्कासहित शतक बनाएर रिटायर्ड आउट भए।
अहिले क्रिजमा साउद शकील ३६ रन बनाएर खेलिरहँदा आगा सलमान खान उनलाई साथ दिन आएका छन्। ४० ओभरको समाप्तीमा पाकिस्तानले तीन विकेट गुमाएर २४० रन बनाएको छ।
उसका लागि कप्तान बाबर आजमले ८४ बलमा ८ चौका र २ छक्कासहित ८० रन बनाएर आउट हुँदा अब्दुल्लाह सफीकले १४ र इमाम उल हकले १ रन बनाए।
असोज १२, २०८० शुक्रबार १७:५८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।