मालपोत कार्यालयका सुब्बा र खरिदार डेढ लाख घुस रकमसहित रङ्गेहात पक्राउ

मालपोत कार्यालयका सुब्बा र खरिदार डेढ लाख घुस रकमसहित रङ्गेहात पक्राउ

काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका नायब सुब्बा र खरिदार सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टाेलीले शुक्रबार आज नायव सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रकम लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो। 

जग्गा नामसारी गरेवापत घुस माग गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा  आयोगले उनीहरूलाई पक्राउ गरेको हो। 

सुब्बा  कटुवाल र खरिदार अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।  

असोज १२, २०८० शुक्रबार १७:३५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।