एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापीबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापीबीच सम्झौता

काठमाडौं : एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाट बिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

यो संगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन्। 

बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक श्री रजुल श्रेष्ठद्धारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसंगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट IPD-Advanced/Manual/Cupping/Laser Physiotherapy, Acupressure, Acupuncture, Moxibustion, Osteopathy, Neuro-Musculo-Skeletal & Cadio-Pulmo pain management, Overall Holistic Well Being (Osteo, Yogic & Marma)  लगायत सेवामा १० प्रतिशत देखी २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक श्री स्वर्णिम सुवाल समेत उपस्थित थिए।

असोज १२, २०८० शुक्रबार १६:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।