राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन्।

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कार्यवाहक अध्यक्षको रूपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्नेगरी जिम्मेवारी तोकेका छन्।

यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ।

यादव यसअघि भारत भ्रमणमा गएको समयमा पनि श्रेष्ठलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएर गएका थिए।

असोज १२, २०८० शुक्रबार १५:००:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।