नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको अभियोगमा शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको अभियोगमा शिक्षकविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा एक जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।

कैलालीको घोडाघोडी नगरपालिका २ स्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार  मुद्दा लदायर गरेको हो। 

शाहले पेश गरेका शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले शिक्षक पदमा नियुक्तिका लागि बोर्ड अफ हाईस्कुल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी र राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी सुविधा लिएको पुष्टी भएकाे अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

उनले नक्कली प्रमाण पत्र पेश गरि राज्यबाट लाभ र सुविधा लिएको पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए।

असोज १२, २०८० शुक्रबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।