चिकित्सकको सुरक्षाका लागि असुरक्षित ठानिएका अस्पतालमा सुरक्षाकर्मी राख्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

चिकित्सकको सुरक्षाका लागि असुरक्षित ठानिएका अस्पतालमा सुरक्षाकर्मी राख्छौँ : स्वास्थ्यमन्त्री बस्नेत
फाईल फोटो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाका लागि असुरक्षित ठानिएका अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन्। 

आज शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले चिकित्सकको सुरक्षाका लागि सरकार गम्भीर भएको बताए। 

उनले चिकित्सकको सुरक्षाका लागि अस्पतालमा सुरक्षाकर्मी राख्नेबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बिहीबार छलफल भएको जानकारी गराए।

गृहमन्त्रीसँगको छलफलमा चिकित्सकहरु असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने समझदारी भएकाे उल्लेख गरे।

उनले चिकित्सकहरु अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिदा मुलुकको स्वास्थ्य अवस्था अस्तव्यस्त भएको भन्दै आन्दोलन फिर्ता लिएर काममा फर्कन समेत आग्रह गरे।  

असोज १२, २०८० शुक्रबार १४:०३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।