गठबन्धन सरकार अपराधी र तस्करको संरक्षकको रूपमा देखियो : ओली

गठबन्धन सरकार अपराधी र तस्करको संरक्षकको रूपमा देखियो : ओली
फाईल फोटो

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलको समर्थनमा बनेको सरकारलाई अपराधी र तस्करलाई संरक्षण गर्ने सरकार भएको आरोप लगाएका छन्।

पार्टीका कोशी प्रदेश महाधिवेशनलाइ सम्बोधन गर्न विराटनगर पुगेका उनले सरकारमा जाने एमालेको चाहना नभएको र अहिलेको सरकारको उपयुक्त विकल्प पनि नदेखिएको बताएका हुन्।

उनले भने ‘गठबन्धन सरकार अपराधी, तस्करको संरक्षकको रूपमा देखिएको र यसले नेपाली जनता र राष्ट्रलाई केही पनि हुन सकेन।’ 

अध्यक्ष ओलीले पार्टीको प्रदेश महाधिवेशनमा सके सहमति गर्नु र नसके स्वास्थ प्रतिस्पर्धा गर्न नेता, कार्यकर्ता तथा प्रतिनिधिलाई निर्देशन दिएको बताएका छन्। 

तर सञ्चार माध्यमले आफूले भनेको कार्यकर्ताले मानेनन् भन्ने जबरजस्ती सन्देश दिन खोजेको आरोप समेत लगाए ।

असोज १२, २०८० शुक्रबार १३:४८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।