भरतपुरमा हरियाली प्रवर्द्धनमा पाँच करोड बजेट, एक वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना

भरतपुरमा हरियाली प्रवर्द्धनमा पाँच करोड बजेट, एक वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना

चितवन : भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा हरियाली प्रवर्द्धनका लागि मात्र रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाएको छ।

सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन लागेको महानगरले यसको तयारीका लागि सबै वडाहरूमा वृक्षारोपण गरेर हरियाली महानगर बनाउने योजना गरेको हो।

महानगरमा गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान वृहत् सरसफाइसँगै वृक्षारोपण गर्न थालिएको छ। यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षारोपण भइरहेको छ।

महानगरपालिकाले आज (शुक्रबार) बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाइसँगै वृक्षारोपण गरेको छ।

वृक्षरोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रवर्द्धन र सरसफाइ अभियान अन्तर्गत यही वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना रहेको बताइन्।

असोज १२, २०८० शुक्रबार १३:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।