राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको मृत्यु

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको मृत्यु

काठमाडौं : राष्ट्रपति कार्यालय शितलनिवासमा कार्यरत सहसचिव शेरजंग कार्कीको मृत्यु भएको छ। 

काठमाडौंको बबरमहल निवासी कार्की गएराति सुतेको स्थानमा अचेत अवस्थामा फेला परेपछि परिवारले थापाथलीस्थित नर्भिक अस्पताल  पुर्याउँदा  डाक्टरले मृत घोषणा गरेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रपति कार्यालयमा सरुवा भएका कार्की कानुन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए।

असोज १२, २०८० शुक्रबार १३:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।