एमाले कोशी अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली विराटनगरमा

एमाले कोशी अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली विराटनगरमा

विराटनगर : एमाले कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न अध्यक्ष केपी ओली विराटनगर पुगेका छन्। 

शुक्रबारदेखि विराटनगरको होटल मनास्लुमा सुरु हुने अधिवेशन दुई दिनसम्म चल्ने बताइएको छ। 

अधिवेशनको लागि ९ सय ९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ। यद्यपि मनोनयन भने अहिलेसम्म भएको छैन। 

अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए। 

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ४७  जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने भएका छन् । 

असोज १२, २०८० शुक्रबार १२:५६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।