जावलाखेलमा जुत्ता चप्पल मेला : ३ हजार बढी डिजाइनका जुत्ता चप्पल उपलब्ध
काठमाडौं : नेपाल जुत्ता चप्पल उत्पादन समुहलेले आयोजना गरेको ‘जुत्ता चप्पल दशैं महोत्सव २०८०’ सुरु भएको छ।
स्वदेशी उत्पादालाई प्रवर्द्धन गर्ने उदेश्यले ललितपुरको जावलाखेलमा आयोजना गरिएको महोत्सवको बुधबार महानगरपालिकाकी उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरिन्।
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख शाक्यले नेपाली जुत्ता चप्पललाइ प्रवर्द्धन गर्नु पर्नेमा जोड दिइन्।
उनले रास्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्न महानगरको साथ रहेको बताउँदै स्वदेशमा उत्पादन नबढाएसम्म देशको विकास नहुने बताईन्।
‘बाहिरको सामान आयात गरेर पैसा बाहिर पठाएसम्म देश आत्मनिर्भर हुँदैन,’ उनले भनिन्, ‘यसलाई समन्वयन गरेर स्वदेशी उत्पादनलाई प्रर्वदन र विकास गर्नुपर्छ।’ उनले राष्ट्रिय उत्पादनलाई सबैले उपभोग गर्नसमेत आगह गरिन्।
उद्घाटन समारोहमा बोल्दै जुत्ता चप्पल उत्पादन समुहका सभापति मनिराज घिमिरेले साना ठुला तथा मझौला गरि १५ सय जुत्ता चप्पलको क्षेत्र रहेको बताए।
उनले जुत्ता चप्पलको श्रेत्रमा करिब १६ करोडको जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता रहेको समारोहमा जानकारी दिए।
उनले बाहिरबाट आउने जुत्ता चप्पल आयात रोकेर स्वदेशी उत्पादनलाइ प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए।
‘राज्यले यो क्षेत्र प्राथमिकतामा राख्यो भने अशिक्षितलाइ पनि जुत्ता चप्पलसम्बन्धि तालिम दिएर रोजगारीको सिर्जना गर्न सकिन्छ’, उनले भने।
कार्तिक ४ गतेसम्म चल्ने महोत्समा नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पल रहेको आयोजकले जनाएको छ।
ग्राहकले सबै जुत्ता चप्पल शुपथ मुल्यमा खरिद गर्न सक्ने छन्।
असोज १२, २०८० शुक्रबार १२:२५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।