एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
फाईल फोटो

काठमाडौं : एमाले बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। 

मध्यान्ह १२ बजेदेखि सबै पदका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ।

अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन्। 

त्यसैगरी उपाध्यक्षका लागि दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथला र नारायणप्रसाद खतिवडाबीच भिडन्त हुँदैछ।

सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन्। 

असोज १२, २०८० शुक्रबार १२:१६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।