बिजुलीको खम्बामा बत्ती निभाउँदा करेन्ट लागेर ज्यान गयो

बिजुलीको खम्बामा बत्ती निभाउँदा करेन्ट लागेर ज्यान गयो

नवलपरासी : पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिजुलीको खम्बामा रहेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।

शुक्रबार बिहान ६ः०० बजे रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो। उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोषणा गरेका थिए।

असोज १२, २०८० शुक्रबार १२:०८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।