बाँकेको सुधारगृहबाट भागेका बाल बन्दी दैलेखमा समातिए

बाँकेको सुधारगृहबाट भागेका बाल बन्दी दैलेखमा समातिए

बाँके : बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधारगृहबाट भागेर फरार रहेका एक जना बाल बन्दीलाई प्रहरीले दैलेखबाट पक्राउ गरेको छ। 

गत असोज ४ गते राती १० बजे बाल सुधारगृहमा रहेका बाल बन्दीबिच एक आपसमा झडप हुँदा भागेर फरार रहेका चार जनामध्ये एक जनालाई दैलेखबाट पक्राउ गरिएको  बाँके प्रहरीका प्रवक्ता डिएसपी नारायण डाँगीले बताए।

उनका अनुसार दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई नियन्त्ररणमा लिएको हो। दैलेखको महाबु गाउँपालिका घर भएका उनलाई जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डाँगीले बताए। 

बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन्।  उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरेको छ। 

२ सय ५४ जना बाल बन्दी रहेको सुधारगृहमा यसपालिको झडपमा एक जना बाल बन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। 

असोज १२, २०८० शुक्रबार ११:१९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।