सुरक्षित भविष्यको खोजीमा विमल पनि उडे अस्ट्रेलिया

सुरक्षित भविष्यको खोजीमा विमल पनि उडे अस्ट्रेलिया

काठमाडौं : नेपालमा भविष्य नदेखेपछि फुटबल खेलाडीहरू अस्ट्रेलिया जाने क्रम जारी छ। यसै क्रममा राष्ट्रिय फुटबल टिमका प्रमुख फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया लागेका छन्।

लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका र राम्रो सम्भावना बोकेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन्।

पछिल्लो वर्षहरूमा राष्ट्रिय टिमका प्रमुख सदस्यको रुपमा खेलिरहेकासँगै अन्य फुटबल खेलाडी समेत गरि ४० भन्दा बढी फुटबल खेलाडी अस्ट्रेलिया पलायन भइसकेका छन्।

एन्फा एकेडेमीकै उत्पादन विमलले गत सिजन मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए।

असोज १२, २०८० शुक्रबार १०:५६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।