पुराना दललाई रवि लामिछानेको अपिल : ‘सहमतिय सरकार चलाउनुस्, हामि प्रतिपक्षी मोर्चा सम्हाल्छौँँ ’

पुराना दललाई रवि लामिछानेको अपिल : ‘सहमतिय सरकार चलाउनुस्, हामि प्रतिपक्षी मोर्चा सम्हाल्छौँँ ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै पुराना दललाई सहमति गरेर सरकार चलाउन आग्रह गर्दै आफूहरूले प्रतिपक्षी मोर्चा सम्हाल्ने बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले नयाँ दल वा पुराना दलमध्ये एउटाको राजनीतिक सटर बन्द हुनै पर्ने बताएका हुन्।

उनले चार वर्ष मिलेर काम गर्न र त्यसपछि आफूलाई राजनीतिबाट विस्थापन गराइदिन पनि पुराना दलहरुलाई आग्रह गरेका छन्।

‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस्, आफ्नो अपार क्षमता’, उनले लेखेका छन् ‘जनताले तपाईँहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्।’

चार वर्षअघि नै ‘एड्भान्स’मा घण्टी बजाएर सचेत गराएको भन्दै उनले २०८४ सालमा कि पुराना दल रहने कि आफूहरू रहने चेतावनी दिएका छन्। 

उनले अगाडी लेखेका छन्, ‘ राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।’ 

असोज १२, २०८० शुक्रबार १०:३३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।