एमाले बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल भिड्दै

एमाले बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल भिड्दै

काठमाडौं : एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच भिडन्त हुने भएको छ। मतदान बिहान १० बजेदेखि मतदान सुरू हुने बताइएको छ।

अन्य तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षका लागी यी दुईबीच मात्र प्रतिस्पर्धा हुने भएको हो। सानु श्रेष्ठ, केशव पाण्डे र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन्।

त्यसैगरी उपाध्यक्षका लागि दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथला र नारायणप्रसाद खतिवडाबीच भिडन्त हुने भएको छ।

सचिव पदका लागि हस्तबहादुर पण्डित र नवराज सिलवालले उम्मेदवारी दिएका छन्।

असोज १२, २०८० शुक्रबार ०९:३३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।