विश्वकपका लागि भारतीय टिममा एक परिवर्तन, आश्विनलाई बोलाइयो

एजेन्सी : भारतले आफ्नै देशमा हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि टोलीमा एक परिवर्तन गरेको छ। विश्वकपका लागि खेलाडी परिवर्तन गर्न पाउने अन्तिम दिनमा भारतले स्पिनर रविचन्द्रन आश्विनलाई टिममा समेटेको हो।
आगामी सातादेखि सुरु हुने विश्वकपका लागि घाइते स्पिन अलराउन्डर अक्षर पटेलको स्थानमा आश्विनलाई मौका दिइएको छ। ३७ वर्षीय आश्विन निकै अनुभवी बलर हुन्।
भारतीय टिममा स्पिनरको रुपमा कुलदीप यादव र रविन्द्र जडेजा पनि रहेका छन्।
घरेलु मैदानमा उपाधि जित्ने प्रमुख दाबेदारको रुपमा हेरिएको भारतले विश्वकपको पहिलो खेलमा अर्को आइतबार अष्ट्रेलियासँग भिडन्त गर्दैछ।
यसअघि भारतले शनिबार इंग्ल्यान्डसँग वार्मअप म्याच खेल्दैछ।
असोज १२, २०८० शुक्रबार ०७:५४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।