चीन भ्रमणमा रहेका प्रचण्ड आज छेन्दु जाँदै

चीन भ्रमणमा रहेका प्रचण्ड आज छेन्दु जाँदै

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) छेन्दु जाँदै छन्। प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन्।

छेन्दुमा उनले चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। उनले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका दाहाल यो शनिबार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

असोज १२, २०८० शुक्रबार ०७:१४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।